Accessibility Mode सुरु गर्नुहोस्
मुख्य सामाग्री पढ्नुहाेस् मुख्य नेभिगेसन पढ्नुहाेस् वेबसाइट खोजमा जानुहोस् वेबसाइट खोजमा जानुहोस्
Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

लागु औषध नियन्त्रण विभाग

Government of Nepal Logo
नेपाल सरकार

गृह मन्त्रालय

लागु औषध नियन्त्रण विभाग

सोमबार, कार्तिक ३०, २०८३

पहुँचयोग्यता मेनु

Website Language (भाषा)

You're viewing the website in Nepali Language. हालको भाषा नेपाली हो

Change to English

फन्ट साइज (अक्षरको आकार)

रङ्ग मोड/फिल्टर

प्रोटानोपिया (रातो कमजोरीका लागि), ड्युटेरानोपिया (हरियो कमजोरीका लागि), ट्राइटानोपिया (निलो कमजोरीका लागि)। थप पढ्नुहोस

ब्यान्डविथ

न्युन व्यान्डविथ मोडमा तस्विर तथा फाइल लोड नहुँदा मोबाइल डाटा कम खपत हुन्छ साथै वेबसाइट चाँडो लोड हुन्छ न्यून व्यान्डविथ

थप सुबिधा

पहुँचयोग्य मोड वेबसाइटको डिजाइन भन्दा सामग्री सहज/पहुँचयोग्य तवरले ग्रहण गर्ने विषयमा केन्द्रित हुन्छ

मुख्य कार्य

  1. लागू औषध (नियन्त्रण) ऐन, २०३३ को दफा २१ बमोजिम औषध नियन्त्रण प्रशासन सञ्चालन गर्ने तथा मुख्य औषध नियन्त्रण अधिकारीको रुपमा कार्य गर्ने,
  2. लागु औषध नियन्त्रण सम्बन्धी नीति, ऐन, नियमावली, निर्देशिका तथा कार्यविधिको मस्यौदा तर्जुमा गर्ने,
  3. लागू औषध नियन्त्रणसम्बन्धी आवधिक तथा वार्षिक योजना, बजेट तथा कार्यक्रम तर्जुमा, कार्यान्वयन, अनुगमन तथा मुल्याङ्कन सम्बन्धी कार्य गर्ने,
  4. लागु औषध सम्बन्धी अध्ययन, अनुसन्धान तथा नियमित सर्वेक्षण सम्बन्धी कार्य गर्ने,
  5. लागु औषधको अवैध उत्पादन, खेती, प्रशोधन, ओसारपसार तथा विक्री वितरण नियन्त्रण सम्बन्धी कार्य गर्ने,
  6. लागु औषध रोकथाम तथा नियन्त्रणका लागि प्रदेश, स्थानीय तह, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाल, भन्सार विभाग, औषधी व्यवस्था विभाग र सम्बन्धित निकायहरूसँग आवश्यक समन्वय गर्ने,
  7. बरामद भएका वा म्याद गुज्रेका लागु औषध नष्ट गर्ने गराउने,
  8. औषधि उत्पादन गर्न चाहिने लागु औषध र औषधीजन्य कच्चा पदार्थ आयात अनुमति सम्बन्धी कार्य गर्ने,
  9. लागू औषध नियन्त्रण सम्बन्धमा नेपाल पक्ष राष्ट्र भएका अन्तर्राष्ट्रिय तथा क्षेत्रीय महासन्धि, सम्झौता तथा प्रतिबद्धताबाट सिर्जित दायित्व कार्यान्वयन, अनुगमन तथा प्रतिवेदन सम्बन्धी कार्य गर्ने,
  10. लागू औषध नियन्त्रण सम्बन्धी राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय निकायहरू, गैर सरकारी संस्थासँग आवश्यक समन्वय, पत्राचार, सूचना आदानप्रदान गर्ने।
  11. लागु औषध विरुद्ध सचेतनामूलक कार्यक्रम, क्षमता विकास तालिम, गोष्ठी, सेमिनार आयोजना गर्ने।
  12. लागू औषध नियन्त्रण) ऐन, २०३३ को दफा ३ को खण्ड प्रशं ३) वमोजिमको चिकित्सा केन्द्र (उपचार तथा पुनर्स्थापना केन्द्र) को आबद्धता सम्बन्धी कार्य गर्ने,
  13. लागु औषध उपचार तथा पुनःस्थापना केन्द्रको मापदण्ड निर्धारण, कार्यान्वयन, अनुगमन तथा नियमन सम्वन्धी कार्य गर्ने, पुनःस्थापित व्यक्तिको सामाजिक तथा आर्थिक पुनः एकीकरण सम्वन्धी कार्य गर्ने गराउने,
  14. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ र सो को नियमावली बमोजिम तेजाब वा अन्य घातक रासायनिक पदार्थको उत्पादन, निकासी वा पैठारीको लागि अनुमति पत्र जारी तथा नवीकरण एवम् पैठारी स्वीकृति सम्बन्धी कार्य गर्ने,
  15. तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) ऐन, २०७९ को दफा ३३ र सो को नियमावली बमोजिम अनुगमन तथा निरीक्षण सम्बन्धी कार्य गर्ने,
  16. विष्फोटक पदार्थ ऐन, २०१८ र नियम २०२० तथा प्रचलित कार्यविधि बमोजिम विष्फोटक पदार्थ आयात, ओसारपसार, हस्तान्तरण, सापटी, नष्ट र नियन्त्रणसम्बन्धी कार्य गर्ने,
  17. लागू औषध नियन्त्रण सम्वन्धमा विभागबाट भए गरेका काम कारवाहीको बार्षिक प्रतिवेदन तयार गरी मन्त्रालयमा पेश गर्ने,
  18. लागू औषध नियन्त्रणसम्बन्धी आवश्यक सूचना, तथ्याङ्क तथा प्रतिवेदन प्रणाली विकास र सञ्चालन गर्ने।
  19. लागू औषध नियन्त्रण सम्बन्धी प्रचलित कानून तथा स्वीकृत नीति, योजना र कार्यकम बमोजिम मन्त्रालयले तोकेका अन्य कार्य गर्ने।


पछिल्लो अपडेट गरिएको : 2083-07-20 12:40:52

© सर्वाधिकार सुरक्षित लागु औषध नियन्त्रण विभाग